पोखरा। खेलकुद मार्फत गैंडाको संरक्षणमा जनचेतना जगाउने उद्धेश्यका साथ शनिबार बाट नवलपुरको कोल्हुवामा छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप सुरु भएको छ । राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रोर्दर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई २–१ ले हराउँदै सेन्टर कलेज फोर ब्रदर्सले प्रतियोगितामा जित निकालेको हो ।
खेलमा फोर ब्रदर्सका लागि बिनोद केबट र फागुराम चौधरीले समान एक–एक गोल गरे । खेलको अन्तिम ४ मिनेटमा वीरगंज यूनाइटेडका बिकास चौधरीले एक गोल फर्काएका थिए । त्यस्तै आजको खेलमा सेन्टर कलेज फोर ब्रोर्दरका खेलाडी फागुराम चौधरीले म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई नगद रु ५ हजार नगद पुरस्कार गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्का सदस्य सचिवमा श्रीधर शर्माले हस्तान्तरण गरे ।
प्रतियोगिता अन्तर्गत भोलि अर्थात् माघ २८ गतेको खेल हनामी बीएफसी चितवन र गण्डकी प्रदेशको फुटबल टीम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल आर्मी, सेन्टर कलेज फोर ब्रोर्दर, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लबको सहभागीता छ ।
यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले गरिन् । सो अवसरमा बोल्दै मन्त्री सिम्खडाले गण्डकी प्रदेशको खेल विकासका लागि प्रदेश सरकार प्रतिवद्ध भएको जनाउँदै यस प्रकारका प्रतियोगिताहरुलो समाजमा बन्य क्षेत्रको संरक्षणमा जनचेतना जगाउन भूमिका खेल्ने बताइन् ।
उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषका सदस्य सचिव श्रीधर शर्माले परिषदले आफ्ना कार्यक्रमहरु योजनाबद्ध रुपमा अघि बढाएको बताए । उनले प्रदेशका खेलाडीहरुको हितका लागि विभिन्न कार्यक्रम सहित रेफ्री तथा प्रशिक्षकहरुको सुचिकरण, दुर्घटना विमा, खेलाडी र खेलाडीका परिवारलाई सुविधा अन्तर्गत सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्ने लगायतका विषयमा समेत परिषदले योजनाहरुलाई कार्यान्वयनको दिशामा अघि बढाएको उल्लेख गरे ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो