पोखरा । ‘संस्था समृद्धिमा हाम्रो ध्यान, असल कार्य संस्कृति एनटीन अभियान’ नारासहित आयोजित नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको १० औँ केन्द्रीय परिषद् पोखरा घोषणापत्रः रुपान्तरण जारी गर्दै सम्पन्न भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार भएको परिषदमा देशभरबाट २०० जना पार्षदको सहभागिता रहेको थियो ।

परिषदमा विगतमा संगठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्दै कर्मचारी, कम्पनी तथा ग्राहकको वर्तमान अवस्थाको वस्तुगत विश्लेषण सहित आगामी दिनको वृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन विचार विमर्श गरिएको प्रचारप्रसार उपमहासचिव गोविन्द ढुंगानाले जानकारी दिए ।
परिषदले कम्पनीको स्वायत्तता, व्यवस्थापकीय सुधार, लगानी विविधकरण, श्रोत उपयोग, कम्पनीको पुनर्संरचना, प्रविधि र पूर्वाधार, साइवर सुरक्षा, ग्राहक सेवा, दूरसञ्चार क्षेत्रको स्थायित्व, कार्य संस्कृति र कर्मचारी सरोकारमा आगामी यात्राको दृष्टिकोणसहितको पोखरा घोषणापत्र जारी गरिएको केन्द्रीय अध्यक्ष मोहनप्रसाद फुयालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

संस्थागत सुधारका विषयमा १५ बुँदा र पेशागत हकहित तथा सुरक्षाका सवालमा ६ बुँदा समेटिएर २१ बुँदे घोषणापत्र जारी गरिएको छ ।
हेर्नुहोस्
NTEAN Pokhara Ghosana Patra-compressed
Press Release-compressed
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने