कास्की प्रहरीले तास खेलिरहेका ८ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिकबाट बुधबार साँझ विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
उनीहरुको साथबाट तास र ५७ हजार १ सय ९५ रुपैयाँ बरामद भएको छ । पक्राउ पर्नेमा पोखरा २७ तालचोकका बर्ष ५६ का दल्बहादुर गुरुङ, ४० वर्षीय कुमबहादुर गुरुङ, सैनिकबस्तीकी ३३ वर्षीया शान्ता मल्ल ठकुरी, पोखरा ३१ मोहरियाका ३७ वर्षीय जीवन शाही छन् ।
यसैगर पोखरा २९ सैनिकबस्तीकी ३६ वर्षीया सीतादेवी गुरुङ, ५७ वर्षीय तुलबहादुर पुन, ५६ वर्षीय भूपाल गुरुङ र ४८ वर्षका दुर्गा गुरुङलाई पनि रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध जिल्ला अदालतबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी बिकले बताए ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते