काठमाडौं। रोजगारीका लागि युरोप पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा मंगलबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर नख्खु बस्ने सर्लाही हरिवन नगरपालिका -३ घर भएका नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका -२ नक्टाजिच घर भएका सरोज यादव नाम बताउने २७ वर्षीय राम सेवक सिंह छन् ।
उनीहरूले ५५ जनालाई युरोपको प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५५ हजार रूपैयाँ तलबमा काम लगाइदिने भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक-पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रामेश्वर सिंह २०७४ सालमा भेरी ओभरसिस संचालन गर्दा २ सय जनालाई ३ करोड ठगी गरेकोमा १ वर्ष ६ महिना जेल बसेर निस्केको र सरोज यादव, नागेन्द्र यादव र गुरूदेव यादवको नागरिकताको प्रमाणपत्रमा आफ्नो ज्वाई नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट विदेश पठाउने भन्दै प्रतिव्यक्ति ७ लाख रूपैयाँसम्म उठाएको अनुसन्धानका क्रममा खुल्न आएको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख रूपैयाँ बराबरको २५ थान चेक र सिम कार्ड ९ थान बरामद गरेको छ ।
उनीहरू विरुद्ध ठगी, कीर्ते, जालसाजी, बैकिङ कसुर लगायतका मुद्दामा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने