पोखराका सच्चाई सञ्चालकलाई ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने पर्वतका २ जना पक्राउ

अपराध

पोखराका सच्चाई सञ्चालकलाई ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने पर्वतका २ जना पक्राउ

2 pakrau

पोखरा । ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पोखराबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४, आर्थरका दीपक बहादुर क्षेत्री रहेका छन् ।

३६ वर्षीय दर्जी ४ वर्षदेखि कतारमा रहेको र नेपाल आएको १ महिना मात्रै भएको प्रहरीले जनाएको छ । उनी हाल पोखरा ८ सिमलचौरमा बस्दै आएका थिए । ४२ वर्षीय क्षेत्री भने बेरोजगार हुन् ।

उनीहरूले पोखरा लामाचौरस्थित सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाश दीप गैरेसँग ५ करोड फिरौती मागेका थिए । उनीहरूले गैरेलाई फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । उनीहरूले हिन्दी भाषामा कुरा गर्ने गर्दथे ।

 उनीहरूको साथबाट उपन्यास, भारतीय सिम, एनसेल र नमस्तेको सिम, गाँजा ५ सय ७२ ग्रामलगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । उनीहरूमाथि लागुऔषध, हातहतियार र आपराधिक लाभसम्बन्धी तीनवटा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds