पोखरा महानगरपालिका १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक स्थानीय महोत्सवको आयोजना गर्ने भएको छ ।
आगामी फागुन ६ र ७ गते स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको पक्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा आयोजना हुने महोत्सवमा निशुल्क स्टलको व्यवस्था गरिने वडाध्यक्ष बोध बहादुर कार्कीले जानकारी दिए ।
उनले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले पोखरा–१४ ले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको कार्कीले बताए ।
‘महोत्सवको मुख्य उद्धेश्य भनेको स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन गर्ने हो । महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, वडाध्यक्ष कार्कीले भने, ‘पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं ।’
वडाध्यक्ष कार्कीले गत आर्थिक वर्षमा स्थानीयहरुलाई विभिन्न व्यवसायीक तालिमहरु प्रदान गरेकाले तालिममा सिकेको विषयहरुसमेत महोत्सवमा प्रदर्शन गरिने उल्लेख गरे ।
उनका अनुसार सो महोत्सवमा करिव १ सय ५० वटा स्टल रहनेछन् भने सबै स्टलहरु निःशुल्क रहनेछन् ।
‘महोत्सवमा करिव १ सय ५० वटा स्टल निर्माण गर्दै छौं, निशुल्क रुपमा स्टलमा स्थानीयहरुले उत्पादन गरेका कृषि उपजसँगै अन्य व्यापार व्यवसायको प्रवद्र्धन गर्नुहुन्छ’, उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य हो ।’
पोखरा महानगरपालिका–१४ ले पहिलो पटक आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने, आपसी सद्भाव र मित्रताको अभिवृद्धि गर्ने, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्धेश्य राखेको छ ।
२ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिव २५ लाख खर्च हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न वडाध्यक्ष कार्कीको संयोजकत्वमा २८ सदस्यीय उपसमिति गठन गरेको छ ।
महोत्सवमा विभिनन सांस्कृतिक, खेलकुद प्रतियोगितासँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहनेछ । यस्तै, महोत्सवमा पोखरा महानगरपालिका–१४ भित्र रहेका सामुदायीक तथा निजी विद्यालय, टोल, समूह, युवा क्लब र विभिन्न व्यवसायीक फर्महरुको व्यवसायीक प्रवद्र्धन हुने वडा कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरामा भोलिदेखि इभी एक्स्चेञ्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, ५ वटा ब्राण्ड एकै ठाउँ
सम्झनामै सीमित ‘पोखराको सम्झना’
पृथ्वीचोक बसपार्कमा स्थानीयको सक्रियतामा ढलानसहितको पक्की बाटो निर्माण [फोटो/भिडियो]
विदेश पलायन हुनेभन्दा देश बनाउने कुरामा ध्यान दिनुस् : प्रधानमन्त्री ओली
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी