उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा लमजुङका बोबरजङ गुरुङ सर्वसम्मत चयन भएका छन् ।
महासंघ गण्डकीको शनिबार सम्पन्न प्रथम अधिवेशनले नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीका पूर्व अध्यक्ष समेत रहेका गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
बेंसीशहर नगरपालिका ६, पुमागाउँका गुरुङ विगत केही समययता पोखरामा पर्यटन व्यवसायमा क्रियाशील रही हाल पोखरा लेकसाइडमा होटल इलेगेन्ट सञ्चालन गर्दै आएका छन् ।

महासंघको उपाध्यक्ष द्वयमा ईश्वरबहादुर विष्ट (तनहुँ) र भवनराज बराल (बागलुङ)लाई चयन गरेको छ भने सचिवमा यमनाथ पौडेल (कास्की) र कोषाध्यक्षमा पार्वती पाण्डे (कास्की) लाई निर्विरोध निर्वाचित गरेको छ ।
महासंघको उपसचिवहरुमा काशी गुरुङ (कास्की), नारायण शर्मा (म्याग्दी), सुशिला सिग्देल (स्याङ्जा) र नगेन्द्रप्रसाद पोखरेल (कास्की) चयन भएका छन् ।
यसैगरी महासंघको सदस्यहरुमा खगरेश्वरी शर्मा पौडेल (पर्वत), नारायणबहादुर कुँवर (पर्वत), सोमराज पाठक (बागलुङ), आनन्द सुन्दर श्रेष्ठ (तनहुँ), हस्तबहादुर खड्का (तनहुँ), भोजबहादुर रिजाल (म्याग्दी), अमृता ल्वागुन(म्याग्दी), कल्पना थापा बोहोरा (लमजुङ), सरोज पौडेल (लमजुङ), युवराज पौडेल (लमजुङ), प्रकाश थापा (कास्की), थोमनाथ अर्याल (कास्की), शिवप्रसाद तिवारी (कास्की) र यादवप्रसाद पोखरेल (कास्की) चयन भएका छन् ।
महासंघका निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोईरालाको अध्यक्षतामा भएको अधिवेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते