‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’ आइतवार पोखरा सभागृह अगाडि यो नारा व्यापक रुपमा गुञ्जाइयो ।
नारासँगै र्यालीमा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर ।
यो सबै कुराको जाँचोपाँजो राष्ट्रिय एकता अभियान पोखराले मिलाएको थियो । यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय भएको भन्दै अभियानले पहिलोपटक पोखरामा दबाब र्याली निकालेको हो ।
पोखराको सभागृहबाट शुरु भएको र्याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भयो ।
कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियान पोखराका संयोजक विनय यादवले भने–‘स्वाधीन पोखरालाई ऋणमा दुबाएर बनाइएको विमानस्थल गलाको पासो बन्न नदिन सचेत पोखरेली जाग्नुपर्ने बेला भएको छ ।’
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष बढी भइसक्दा पनि नियमित सुचारु किन भएको छैन प्रश्न गर्दै उनले थपे– विमानस्थलको गत वर्षको आय जम्मा ४ करोड र सरकारले प्रत्येक महिना चाइनालाई व्याज मात्र १६ करोड तिर्नु यो गलाको पासो नभएर के हो ?
उनले भैरहवामा पोखरा भन्दा ठूलो एयरपोर्ट ८ अर्बमा सञ्चालनमा आउँदा पोखरामा भैरहवाको भन्दा सानो विमानस्थलका लागि २८ अर्ब लाग्नुमा ठूलो भ्रष्टाचार भएको ठहरसमेत गरे ।
संयोजक यादवले अभियानको यो सांकेतिक कार्यक्रम भएको बताउँदै विमानस्थल सञ्चालनमा सरकार यस्तै उदासिन रहे थप दबाबमुलक कार्यक्रमसमेत आयोजना गरिने बताए ।
अभियानका सदस्य सुनिल धामीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि कालान्तरमा विमानस्थल यस्तै भइरहने र सरकारले तिर्नुपर्ने ऋणका कारण विमानस्थल नै पोखरेलीको अधिनमा नहुने हो कि भनेर खबरदारी गर्न आवश्यक रहेको बताए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते