पोखरा-१२ प्रगतिटोलबाट जुवातास खेल्दै गरेका ७ जना नगदसहित पक्राउ

पोखरा-१२ प्रगतिटोलबाट जुवातास खेल्दै गरेका ७ जना नगदसहित पक्राउ

Arrest-juwa-tas

पोखरा। पोखरामा जुवातास खेल्ने ७ जना नगदसहित पक्राउ परेका छन्।

पोखरा महानगरपालिका -१२ प्रगति टोलमा जुवातास खेल्दै गरेका ७ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका -८ तुरतुरे घर भइ हाल उक्त स्थानमा बस्दै आएका ६६ वर्षीय नर बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ६६ हजार ४ सय ३५ रूपैयाँ र ४ बुक ताससहित बरामद गरेको छ ।

उनीहरू माथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ