पोखरा । पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ ।
शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
माछापुच्छे्रले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट २५–१७ ले र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । माछापुच्छे्रले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा कावासेतीले ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
भेट्रानतर्फको फाइनल खेलमा पोखरा भेट्रानले सिद्धीकाली शुक्लागण्डकीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुम्यो । पोखरा भेट्रानले पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१३ ले जितेपनि तेस्रो सेटमा २८–३० को हार व्यहोर्यो । चौथो सेटमा २५–२१ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
पोखरा भेट्रानले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
विधागत पुरस्कारमा समेत माछापुच्छे्रको एक्लौटी रह्यो । महिलातर्फ सर्वोत्कृष्ट खेलाडी माछापुच्छे गाउँपालिकाकी कविता गर्वुजा पुन घोषित भइन् । उनी उत्कृष्ट स्पाइकर समेत भइन् । यस्तै उत्कृष्ट ब्लकर ममता राना, उत्कृष्ट लिफटर निरु पुन र उत्कृष्ट डिफेन्स सरिना गुरुङ घोषित भइन् । कावासेतीकी धिमा पाइजा उत्कृष्ट सेटर घोषित भइन् । भेट्रान तर्फ सन्तोष श्रेष्ठ, ब्लकर रविन केसी, डिफेन्डर गुप्तराज गुरुङ, सेटर भीम बहादुर गुरुङ र स्पाइकर सन्तोष श्रेष्ठ घोषित भए ।
पुरुषतर्फको फाइनल खेलमा समीर सुनचाँदीे टसमा विजयी भयो । पुरुषतर्फको खेलको खेल प्रकाश अभावका कारण रोकिएपछि अन्तिम टुंगो टसमार्फत भएको हो ।
पुरुषतर्फ ले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा समीर सुनचाँदीेले २५–२० को नतिजा निकालेको थियो । तर प्रकाश अभाव भएपश्चात खेल स्थगित भएसँगै निर्णय टस मार्फत भएको हो ।
पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेभएपनि पुरस्कार राशी भने आधा आधा बाडेका छन् ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो