गठबन्धन सरकारले गर्दा देश लथालिङ्ग भयोः उपाध्यक्ष पौडेल

गठबन्धन सरकारले गर्दा देश लथालिङ्ग भयोः उपाध्यक्ष पौडेल

Bishnu paudel

नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन्।

शनिबार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता-२०८० को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। अहिले देशको राजनीति बिग्रिरहेको दाबी गर्दै उनले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने जिकिर गरे।

सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको उनको भनाइ थियो।

उपाध्यक्ष पौडेल भन्छन् ‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ। देशले धेरै ठूलो सफर गरिरहेको छ। जबसम्म राजनीति संग्लो हुँदैन। तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन। अहिले देशको राजनीति बिग्रिरहेको छ। खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ। भताभुंग भएको छ। यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ।’

उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको उल्लेख गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds