रुपाकोट मुस्लिम समाजले जित्यो भलिबलको प्रतियोगिता

रुपाकोट मुस्लिम समाजले जित्यो भलिबलको प्रतियोगिता

pho

पोखरा । श्री गोर्खा कालिका क्लव रुपा गाउपालिका–४, ठकुरी बस्तीको १९ औ वार्षिकोत्सबको अjसरमा साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा बिजयी रुपाकोट मुस्लिम समाज भएको छ ।

विजी देउरालीलाई सेमिफाइनलमा जितेर फाइनल प्रवेस गरेको रुपाकोट मुस्लिम समाजले कायापलट असल शासन क्लव, समि भञ्ज्याङ् लमजुङलाई सेमिफाइनलमा जितेर फाइनल प्रवेस गरेको ठकुरी समाज, चितिश्वरा, तनहुलाई २५–२०, २५–१९ र २५–२२ को सोझो सेटमा जित हासिल गरि प्रथम हुन सफल भएको छ।

विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन भने उपविजेता ठकुरी समाज, चितिश्वरा, तनहँुले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

साथै उत्कृष्ट स्पाइकमा आशिस मिया (ठकुरी समाज), उत्कृष्ट सेटरमा पराशर मल्ल ठकुरी (ठकुरी समाज), उत्कृष्ट ब्लकरमा मन्जुर मिया (मुस्लिम समाज), उत्कृष्ट लिब्रोमा भुपाल गुरुङ (मुस्लिम समाज), उत्कृष्ट सर्भरमा बिजन गुरुङ (मुस्लिम समाज) र उत्कृष्ट खेलाडि मुस्लिम समाज कै मन्सुर मिया भएको थियो।

गोर्खाकालिका क्लबको १९ औ वार्षिकोत्सबको सहआयोजकमा दर्शन आमा समूह, शिखर सामुदायिक वन उपभोक्ता समूह, कालिनाग खानेपानी उपभोक्ता समिती रहेको थियो । भने उत्कृष्ट बिधाहरुलाई क्रमशः रोजिना ठकुरी, कृसन ठकुरी, मिलन सेन, सुरेन श्रेष्ठ, आस्विन ठकुरी र सविन श्रेष्ठले प्रायोजन गरेका थिए ।

सो कार्यक्रममा विभिन्न सहयोग गर्ने सहयोगी सस्था, भुपु खेलाडी तथा समाजसेवीलाइ पनि सम्मान गरिएको थियो।

‘खेल स्वास्थको लागी, खेल राष्ट्रको लागि’ भन्ने मुल नाराको साथ मनाइएको १९ औ वार्षिकोत्सबमा भलिवल साथै घैटो फोर, छेलो हान्ने खेल पनि भएको थियो । क्रमस आशिक शाही र मन्जुर रहमान मिया विजयी भएका थिए ।

पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथी युवा नेता राजन सुवेदिले समाजमा युवा जबसम्म चलायमान हुदैन तब सम्म समाजको उत्थन हुदैन, एक मुठी सास रहे सम्म आफु समाज कै लागि बाचिरहने बताउँदै ठकुरी बस्तिको खानेपानी, खेल मैदानको समस्याबारे आफू जानकार रहेको र आफुले प्रयास गर्ने बताए । त्यसै गरी राज बहादुर शाहिले समाज देश चिनाउने खेलाडिले मात्र भएको बताए ।

क्लबका अध्यक्ष होम बहादुर ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रमका संयोजक तथा क्लवका सचिब मदन मल्लले गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ