विवेकशील साझा पार्टीका संस्थापकहरु धमाधम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्न थालेका छन् । पोखरा महानगरदेखि गण्डकी प्रदेश कमिटिसम्मका संस्थापकहरु रास्वपामा भित्रिएका हुन् ।
विवेकशील साझा पार्टी, गण्डकी प्रदेशका संस्थापक संयोजक महेश भण्डारीले माघ १५ गते रास्वपाको सदस्यता लिएको सार्वजनिक गरेसँगै वैकल्पिक अभियानमा होमिएका अन्य नेताहरु पनि खुलिरहेका छन् ।
विवेकशील साझा पार्टीका पूर्व कास्की संयोजक फडिन्द्र अधिकारी पनि रास्वपा पुगेका छन् । रविन्द्र मिश्र विवेकशील छाडेर राप्रपामा मिसिँदा कास्कीमा पनि मिश्र लाइनबाट जिल्ला उपाध्यक्ष भएका अधिकारी अहिले राप्रपाबाट रास्वपा बनेका हुन् ।
विवेकशील साझाका पोखरा महानगर कमिटि संयोजक मनकाजी गुरुङ पनि रास्वपा सदस्य बनेका छन् । दुवै जना शिक्षाकर्मी हुन् । फडिन्द्र पोखरा आदर्श माविका प्राचार्य र मनकाजी कान्तिपुर एकेडेमीका संस्थापक प्राचार्य हुन् ।
रास्वपाका गण्डकी संगठन विभाग सचिव एकराज न्यौपानेका अनुसार वातावरणविद् डा. कृष्ण पोखरेल पनि रास्वपा भित्रिएका छन् । यस्तै, व्यवसायी तथा अभियन्ताद्वय दीपक पौडेल र सोमनाथ ढुंगानाले पनि रास्वपा रोजेका छन् ।
पौडेल विवेकशील साझाका तत्कालिन केन्द्रीय सदस्य र ढुंगाना जिल्ला सदस्य थिए । डा. पोखरेल पनि जिल्ला सदस्य थिए ।
गण्डकीमा अहोरात्र खटिएर विवेकशील साझा पार्टी हुकाई बढाएका संस्थापक संयोजक महेश भण्डारी रास्वपा भित्रिएसँगै वैकल्पिक अभियानका नेताहरु रास्वपा प्रवेश गरेका छन् । तत्कालिन सारथी अशोक खड्का, एकराज न्यौपाने लगायत सुरुवातकालीन समयमै रास्वपा जोडिएका हुन् ।
तत्कालिन साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भई विवेकशील साझा बन्दा न्यौपाने संस्थापक जिल्ला संयोजक हुन् । उनी गत उपनिर्वाचनदेखि रास्वपामा आबद्ध भएका हुन् ।
वैकल्पिक अभियानकर्मी धमाधम पुनः एकीकृत हुँदै एउटै मार्गमा अघि बढ्ने निर्णयले आफूलाई उत्साहित बनाएको महेश भण्डारी बताउँछन् ।
‘वैकल्पिक शक्तिको आवश्यकता रहेका बेला आ–आफ्ना व्यवसायलाई थाती राखेर आफूभन्दा माथि देश र जनता राखेर अघि बढ्यौँ । अगुवाले नै अभियान तहसनहस पारेपछि बीचमै रोकियौँ, छोडियौँ, मोडियौँ । अब पुनः एकसाथ अघि बढ्ने स्थिति बनेको छ । हिजोका सबै मित्रहरु छरिएका छन् । अब जोडिँदैछौँ । सँगाल्दै, सम्हाल्दै सँगसँगै अघि बढ्ने हो ।’ – भण्डारीले भने ।
सम्बन्धित समाचारः
महेश भण्डारी रास्वपा प्रवेश
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो