सहिद दिवसमा झपेन्द्र कार्कीको शालिकमा पुष्पार्पण

सहिद स्मृति

सहिद दिवसमा झपेन्द्र कार्कीको शालिकमा पुष्पार्पण

Jhapendra karki salik

पोखरा । सहिद दिवसको अवसर पारेर झपेन्द्र कार्की स्मृति पार्क व्यवस्थापन समितिले सहिदहरूको सम्झना गर्दै सहिद झपेन्द्र कार्कीको शालिकमा पुष्पार्पण गरेका छन् ।

शालिकमा पुष्पमाला चढाई एक मिनेट सम्पूर्ण शहिदहरूको सम्झनामा मौन धारण गरी दीप प्रज्वलन गरेर कार्यक्रम समापन गरेको सहिद झपेन्द्र कार्कीका छोरा दिपक कार्कीले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको सहिद झपेन्द्र कार्की स्मृति पार्कमा हरेक वर्षको माघ १६ गतेका दिन सहिदहरुको सम्मानमा दीप प्रज्वलन गरिन्छ ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य खगराज अधिकारी, नेकपा एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, नेताहरु माधव बास्तोला, जीवन आचार्य, ओम गौचन, रामचन्द्र बराल, अर्जुन थापा, सुनिता सुनार लगायतको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ