गाँजा बोकेर हिँडेका घारीपाटनका दुई युवक भुर्जुङखोलामा समातिए

पक्राउ

गाँजा बोकेर हिँडेका घारीपाटनका दुई युवक भुर्जुङखोलामा समातिए

gaaja vandaki

पोखरा । गाँजा बोकेर हिँडेका घारीपाटनका दुई युवक कास्कीको भुर्जुङखोलामा समातिएका छन् ।

माछापुच्छ्रे गाउँपालिका वडा नं.२ भुर्जुङखोलाको कोल्चोकस्थित चेकजाँचका क्रममा आइतबार साँझ ५ बजे प्रहरी चौकी सार्दीखोलाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनका वर्ष ३४ का कुमार सुनार र वर्ष २८ का सन्तोष सुनार रहेका छन् ।

उनीहरुको साथबाट लागूऔषध गाँजा १ किलो ३० ग्राम बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेका दुवै विरुद्ध लागूऔषध सम्बन्धी मुद्धामा १० दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ