आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा पोखरेलीको प्रिय टीम मानिने मनाङ मर्स्याङदी क्लबलाई सडेन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव सेमिफाइनल प्रवेश गरेको छ।
निकै रोमाञ्चकारी खेलमा टाइब्रेकरमा मनाङका रणदिप पौडेलको नवौं पेनाल्टीलाई जावलाखेलका गोरलक्षक उमेश चौधरीले रोक्दा जावलाखेलले अन्तिम ४ मा स्थान पक्का गरेको हो।
त्यसअघि अन्तिम एक मिनेट अग्रता जोगाउन नसक्दा जावलाखेलले विजयी हुनका लागि टाइब्रेकरसम्म दबाव खेप्नुपरेको थियो। पहिलो हाफमा दुवै टिम गोलविहीन बनेका थिए। तर, खेलको ५५ मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गरेर मनाङ विरुद्ध अग्रता लिएका थिए।
१–० ले पछाडि परेपछि मनाङ जावलाखेल विरुद्ध झनै आक्रामक खेलेको थियो। तर, जावलाखेलसँग बराबरी हुनका लागि खेलको अन्तिम मिनेटसम्मै मनाङले मेहनत गर्नुप¥यो। खेलको ८९ औं मिनेटमा बल्ल मनाङका राजेश परियारले गोल गरेर टिमलाई बराबरीमा पु¥याए। मनाङले ८९ औं मिनेटमा गोल गरेपछि निर्धारित समयमको खेल १–१ को बराबरीमा सकिएको थियो। अन्तिम एक मिनेट थामिन नसक्दा जावलाखेल विजयी सुनिश्चित गर्न असफल भएको थियो।
निर्धारित समयमा १–१ ले बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। आधा घण्टा थपिएको अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पहिलो पेनाल्टीलाई जावलाखेल विशाल तामाङले गोलमा परिणत गरेका थिए। त्यसलगत्तै मनाङका जय गुरुङले पनि पोनाल्टीलाई गोल गरेर बराबरी बनाए। जावलाखेलका पुस्कर खड्काले गोल गरेकोमा मनाङका अशोक खवासले बराबरी तुल्याए। त्यसपछि जावलाखेलका छिरिङ लामाले गोल गरे। तर मनाङका निशान लिम्बुको प्रहार भने मिस भयो। लिम्बुको प्रहार जावलाखेलका किपर उमेश चौधरीले बचाए।
त्यसपछि जावलाखेलका प्रवेश कुँवरले गोल गरेका थिए। मनाङका सुदीप श्रेष्ठको पनि गोल भयो। श्रेष्ठको प्रहार पोष्टमा लागेपनि गोलमा बदलियो। तर, जावलाखेलका गोलकर्ता हिसुब थपलियाको भने मिस भयो। हिसुबको प्रहार मनाङका किपर जियारथ शेखले बचाए। मनाङका अश्विन घोरसैनीले गोल गरे। पहिलो पाँच पेनाल्टीमा दुवै टिमले ४ गोल गरे भने १ मिस गरेका थिए। त्यसपछि जावलाखेलका सेवान्त थापाको प्रहार मनाङका किपर जियारथ शेखले बचाए। लगत्तै मनाङका सुरज सिंहको प्रहार पनि जवालाखेलका किपर चौधरीले बचाए।
जावलाखेलका हरिशराज भट्टले गोल गरे। लगत्तै मनाङका लक्षु थापामगरले गोल गर्दा हानिएका ७–७ पेनाल्टी प्रहारमा ५–५ गोल भएको थियो। त्यसपछि जावलाखेलका शिशिर लेखीले गोल गरेका थिए भने मनाङका किपर जियारथ आफैँ पेनाल्टी हान्दै ६–६ को बराबरीका पुर्याएका थिए। जावलाखेलका प्रदीप बुढाथोकीले गोल गरेर। तर मनाङका रणदिप पौडेलको प्रहारलाई भने जावलाखेलका उमेशले रोक्दा जावलाखेलले ७–६ ले अगाडि रहदै टिमलाई सेमिफाइनलमा पुर्याए।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की