मेनुकाले पाइन् एआई जडित चस्मा, पढ्न र एक्लै हिँड्न सक्ने चिकित्सकको दाबी

मेनुकाले पाइन् एआई जडित चस्मा, पढ्न र एक्लै हिँड्न सक्ने चिकित्सकको दाबी

menuka p

पोखरा । इण्डियन आइडलकी प्रतिस्पर्धी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन् ।

इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित विशेष चस्मा पौडेललाई प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् ।

मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमै पुगेका थिए ।

चिकित्सकका अनुसार विशेष प्रकारको त्यो चस्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने छिन् । चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले खिचिएको इमेजबारे विस्तृत चित्र बताउने छ ।

चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम गर्न सक्ने चिकित्सकको भनाई छ । आइडलको उपाधिको दाबेदार मानिएकी मेनुका उत्कृष्ट १० भित्र परिसकेकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ