पोखराका शर्मा स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा चयन

पोखराका शर्मा स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा चयन

महेन्द्रबहादुर गोदार गण्डकी प्रदेशबाट उपाध्यक्ष

Narayan Sharma

पाेखरा | स्थानीय तह कर्मचारी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय अधिवेशनले नारायणप्रसाद शर्मालाई अध्यक्षमा चयन गरेको छ ।

शनिबार सम्पन्न सङ्घको अधिवेशनले नयाँ शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष (खुल्ला) मा जानुका श्रेष्ठ, उपाध्यक्ष महिलामा सृजना लामिछाने चयन भएका छन् भने प्रदेशतर्फबाट उपाध्यक्ष चयन हुनेहरूमा चन्द्रबहादुर बस्नेत कोशी, नवराज खड्का मधेस, विदुर गौतम बागमती, महेन्द्रबहादुर गोदार गण्डकी, दिलबहादुर शाही कर्णाली, करणसिंह धामी सुदूरपश्चिम छन् ।

त्यस्तै, महासचिवमा शम्भु बराल, उपमहासचिवमा विष्णुबहादुर पौडेल र रुद्रनाथ आचार्य  चयन भएका छन् ।

तीन सचिवमा रेशम जीसी, बबिन्द्रलाल माझी र मन्दिरा श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds