घाँसको भारी बिजुली पोलमा छुँदा स्याङ्जाकी महिलाको ज्यान गयो

घाँसको भारी बिजुली पोलमा छुँदा स्याङ्जाकी महिलाको ज्यान गयो

current death

स्याङ्जामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका-८ काहुलेकी ५० वर्षीय चन्द्र कुमारी सुनार रहेकी छन् ।

आइतबार दिउँसो घाँस बोकेर घर फर्कने क्रममा घाँसले बिजुलीको पोलमा छुँदा करेन्ट लागेर घटनास्थलमै सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल स्याङ्जामा पठाइएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी रानाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds