फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकालाई नग्न तस्बिर पठाउन रोक

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकालाई नग्न तस्बिर पठाउन रोक

facebook-instagram & whatsapp

पोखरा । सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउने भएको छ ।

सामाजिक सञ्जालमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउन छिट्टै ‘सेफ्टी टुल’ ल्याउन लागेको मेटाले जनाएको छ ।

इनक्रिप्टेड च्याटमा पनि यो लागू हुनेछ । यो टुल वैकल्पिक हुनसक्छ र फेसबुकमा वयस्कहरूका लागि पनि उपलब्ध हुनसक्छ । मेटाले इनक्रिप्ट म्यासेन्जरलाई डिफल्टमा राखेको थियो । कम्पनीको यो निर्णयको निकै आलोचना भएको थियो । इनक्रिप्सनका कारण बालबालिकामाथि हुने दुर्व्यवहारको घटना पत्ता लगाउन नसकेको मेटाको भनाइ थियो ।

महिला र १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहारबाट बचाउन यो फिचर ल्याएको कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ