पोखराका सामुदायिक विद्यालयहरुमध्ये पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय सर्वोत्कृष्ट घोषित भएको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा पोखराले पोखरामा सञ्चालित ७९ सामुदायिक माध्यमिक विद्यालयमा २०७९ को एसईई परीक्षाको नतिजा विश्लेषण गरेको थियो । सो विश्लेषणमा औसत जिपिए ३.१८ प्राप्त गरी विन्ध्यवासिनी उत्कृष्ट नतिजासहित प्रथम भएको हो ।
महानगरको विश्लेषणमा पोखरा-१२ स्थित अमरसिंह मावि ३.०८ जिपिए प्राप्त गरी दोस्रो र पोखरा-१२ कै शीतलादेवी मावि ३.०७ जिपिए प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीको नतिजा विश्लेषणमा पनि विन्ध्यवासिनी प्रथम, अमरसिंह द्वितीय र शीतलादेवी तृतीय भएका छन् ।
एसईईमा कम्तीमा ५० जना परीक्षार्थी समावेश भएका सामुदायिक विद्यालयमध्ये भुर्जुङ्गखोलास्थित माछापुच्छ्रे माविले २.९५ जिपिएसहित चौथो स्थान प्राप्त गरेको छ ।
विन्ध्यवासिनी माविमा पर्याप्त खेलकुद मैदान नहुँदा थोरै अकंले केन्द्रको मूल्यांकनमा प्रथम हुनबाट रोकिएको छ । पर्याप्त खेलकुद मैदानको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समितिलाई स्थानीय सरोकारवालाले सुझावसमेत दिएका छन् ।
स्थानीय चण्डीका आधारभूत विद्यालयलाई पनि विन्ध्यवासिनीमै मर्ज गर्ने निर्णयसहित तयारी गरिएको छ । विद्यालयमा हाल १ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
विन्ध्यवासिनी मावि यसअघि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको परीक्षणमा पनि नेपालभरमै प्रथम र शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा देशभरमा दोस्रो भएको थियो ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने