रबिले दिए स्वर्णिमलाई रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी

रबिले दिए स्वर्णिमलाई रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी

SwarnimWagle-1680227660

काठमाडौँ — स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएपछि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो ।

सभापति लामिछाने माघ १३ र १४ गते भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन भारत जाँदै छन् ।

शनिबार सभापति लामिछानेले वाग्लेलाई उक्त जिम्मेवारी दिएका हुन् । अर्का उपसभापति डिपी अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

रास्वपा महामन्त्री मुकुल ढकालकाअनुसार सभापति लामिछानेसहितको टोली आइतबार नेपाल फर्किनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ