नेकपा (एकीकृत समाजवादी) गण्डकीको अध्यक्षको जिम्मेवारी कास्कीका श्रीनाथ बरालले पाएका छन् ।
एकीकृत समाजवादीको शुक्रबार बसेको सचिवालयको बैठकले पोलिट्व्युरो सदस्य एवं कार्यवहाक अध्यक्ष रहेका बराललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
२०३६ सालदेखि राजनीतिमा अनवरत क्रियाशील बराल पोखरा १३, आर्वा निवासी हुन् । विगतमा जेलनेल पनि भोगेका उनी गत वर्षको प्रतिनिधि सभा सदस्य चुनावमा कास्की क्षेत्र नम्बर २ मा गठबन्धनतर्फका उम्मेदवार थिए ।
अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी दिइएको एकीकृत समाजवादी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकिएको छ । लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गरी अशोक कोइरालालाई चयन गर्ने निर्णय भएको छ ।
माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद् बैठकले खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा नेताहरुलाई मनोनयन गर्ने खतिवडाले बताए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते