स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका स्थित घट्टेखोलामा मोटरेबल पुलको शिलान्यास भएको छ ।
देशकै पहिलो पर्यटकीय ग्रामीण गाउँ सिरुवारी छोटो दुरीमा रहेतापनी उक्त खोलामा पुल नहुँदा अर्जुनचौपारीबाट जानुपर्दा जोखिमपूर्ण र लामो यात्रा गर्नुपर्ने बाध्यता पुलको शिलान्याससङ्गै पुल बन्ने भएपछी हट्ने भएको हो ।
दुई पालिका अर्जुनचौपारी र आँधीखोला हुँदै पर्वत जिल्ला जोड्ने उक्त खोलामा संघीय सांसद राजु थापा र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले शुक्रबार संयुक्त रुपमा मोटरेबल पुलको शिलान्यास गरेका हुन् ।
उक्त शिलान्यास कार्यक्रममा सांसद थापाले विकास हुन समय लाग्ने एकैपटक नहुने बताउँदै पालिकाको विकास निर्माणमा युवाहरुको सक्रियता अपरिहार्य रहेकोमा सबैलाई साथ र सहयोग गर्न आग्रह गरे ।
संघीय सरकारको ५० लाख र बाँकी पालिकाको बजेटमा साँढे १० मिटर लम्बाई र साँढे ५ मिटर चौडाइ कायम हुने गरि मोटरेबल पुल निर्माण गर्न लागेको पालिकाका सब-इन्जिनियर सन्दिप बोगटीले जानकारी दिए ।
शिलान्याससङै बन्न लागेको मोटरेबल पुल अँगेरे भँगेरे निर्माण सेवा कम्पनीले टेन्डर रकममा २७ प्रतिशत छाडेर एक करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि गत पौष १२ गते सम्झौता गरेको थियो ।
यहि खोलामा पुल नहुँदा चार वर्ष पहिला पुल शिलान्यासमा आएका तत्कालीन भौतिक पुर्वाधार मन्त्री रघुवीर महासेठको गाडी बगाएको थियो ।
सम्बन्धित खबर
आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना
ऐतिहासिक काल्खु मेला: भलिबलको उपाधि कालीकोटलाई
पत्रकारविरुद्ध प्रशासनले दर्ता गरेको उजुरीप्रति महासंघको सीडीओलाई ध्यानाकर्षणपत्र, प्रशासनले उजुरीलाई काउन्सिल पठायो
स्याङ्जाबाट मोटरसाइकल चोरी गर्ने कास्कीका दुईजना पक्राउ
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध