बेनीमा चक्कु र खुकुरी प्रहार प्रकरणः सुशिलको ज्यान लिने चार जना पक्राउ

अपराध

बेनीमा चक्कु र खुकुरी प्रहार प्रकरणः सुशिलको ज्यान लिने चार जना पक्राउ

sushil garbuja

म्याग्दीको सदरमुकाम बेनीबजारमा बिहिबार साँझ चक्कु र खुकुरी प्रहार गरी एक युवाको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई युवा समूहबीचको विवादमा धारिलो चक्कु र खुकुरी प्रहार गरी जिल्लाको रघुगंगा गाउँपालिका–१,बेग घर भई हाल बेनी स्थित पिपलचोक बस्दै आएका २१ वर्षिय सुशिल गर्बुजाको हत्या भएकोमा  संलग्नमध्ये चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

 धवलागिरी गाउँपालिका–४ का अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ घर भई गलेश्वर बस्ने १९ वर्षिय उत्सव पुन,धवलागिरी–४ घर भई बेनी बस्ने २१ वर्षिय शंकर घर्ती, मंगला गाउँपालिका–२ घर भई बेनी बस्ने २३ वर्षिय प्रविन जिसीलाई पक्राउ गरिएको छ ।

घटनामा संलग्न अन्यको समेत खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका चारैजनालाई जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् ।

घटना दुबैपक्ष बिचको विवाद खुकुरी र चक्कु प्रहारको अवस्थामा पुगेको थियो । बेनी स्थित विभिन्न ठाउँमा लुकेर रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको र अभियुक्त र घटनास्थलबाट एक थान चक्कु र एक थान खुकुरी बरामद गरिएको प्रहरीले बताएको  छ ।

यी दुई युवा समूहबीच लामो समयदेखि रिसइबीका कारण पटकपटक झडप हुने गरेको स्थानीय बताउँछन् । विहिबार साँझ न्यूरोडमा झडप भएपछि भित्री गल्लीमा सुशिल गर्बुजामाथि खुकुरी प्रहार गरी सख्त घाइते बनाएका थिए । केही समयपछि नै बेनी अस्पतालमा मृत्यु भएका गर्बुजाको शव अस्पतालकै  शवगृहमा राखिएको छ । घटनामा संलग्नको पहिचान सहित कडा कारबाहीको माग गर्दै आफन्तले शव उठाएका छैनन् ।

सम्बन्धित समाचारः

म्याग्दीमा चक्कु प्रहारबाट २१ वर्षीय शुशिलको ज्यान गयो

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds