साउदी अरबमा ७० वर्षपछि पहिलो पटक मदिरा पसल खुल्यो

साउदी अरबमा ७० वर्षपछि पहिलो पटक मदिरा पसल खुल्यो

madira raksi

पोखरा । साउदी अरेबियामा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुला गरिएको छ। तर मदिरा भने पिउन गैरमुस्लिमले मात्र पाउनेछन् । गैरमुस्लिम प्रवासीहरूको समूहलाई लक्षित गर्दै मदिरा पसल खुला गरिएको हो ।

ग्राहकहरू कूटनीतिक कर्मचारीहरूमा सीमित हुनेछन् । मदिरा पिउन मन लागेका दूतावासका कर्मचारीहरूले पहिले नै नाम दर्ता गर्नुपर्नेछ र सरकारबाट मदिरा पिउन अनुमति प्राप्त गर्न आवश्यक छ । अवैध रूपमा मदिराको व्यापार गर्न भने पाइने छैन ।

यस्तै, मदिरा स्टोरमा २१ वर्षमुनिका कसैलाई पनि अनुमति दिइएको छैन ।

साउदी अरबका तत्कालीन राजा तथा संस्थापक सम्राट अब्दुलअजीजले सन् १९५१ मा आफ्ना छोरा राजकुमार मिश्रीले रक्सी पिएर जेद्दामा बेलायती कूटनीतिज्ञ सिरिल उस्मानको हत्या गरेपछि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ