उच्च अदालत पाटनले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुल महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित राहुलले दिएको निवेदनलाई उच्च अदालतले अस्वीकार गरेको हो।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश सदर गर्दै राहुललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
राहुल अहिले भन्सार चोरी पैठारी र सङ्गठित अपराध कसुरमा थुनामा छन्। राहुललाई काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटी माग्ने जिल्लाको आदेश पनि सदर गरेको छ।
राहुल चीनबाट हुने सुन तस्करी प्रकरणमा मुछिएका थिए। राजस्व अनुसन्धान विभागले समातेको ६० किलो सुन तस्करीका प्रकरणका मुख्य योजनाकार मानिने दावा छिरिङसहितसँग राहुलको उठबस खुलेको थियो।
राहुल सुन तस्करीमा मुछिएको विवरणसहितको प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयार गरेको थियो।
त्यहीआधारमा उनीविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराध अभियोगमा मुद्दा चलेको थियो।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने