स्याङ्जा । नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताएका छन् ।
स्याङ्जाको पुतलीबजारमा नेपाली काङ्ग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालको संविधान अनुसार कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताएका हुन् ।
उनले संविधानमा समानुपातिक समावेशी सिद्धान्त लागू हुँदै गएकाले पनि पार्टीको एकल बहुमत आउन सक्ने अवस्था नरहेको हुँदा बहुमत पुर्याउन कुनै न कुनै पार्टीसङ्ग गठबन्धन गर्न बाध्य भएको उल्लेख गरे । अहिले नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टीहरुसङ्ग नेपाली काङ्ग्रेसले गठबन्धन गरेको उनको भनाई थियो ।
सभापति देउवाले आफूले स्याङ्जामा पाइला टेक्दा नेपाली काङ्ग्रेसको इतिहासमा नै यो ठाउँ क्रान्तिकारी ठाउँ भएको स्मरण गरे । उनले स्याङ्जा जिल्लालाई थप बलियो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
जनताले चाहेको जस्तो नभएतापनि नेपालमा बहुदलीय व्यवस्था आएपछि विकासमा देशले धेरै परिवर्तन पाएकोमा उनको दावी थियो । उनले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा विकास भएको बताउँदै वैदेशिक रोजगारमा जाँदा ख्याल गर्नुपर्ने, महिला अधिकारहरुलाई बढाउँदै जानेमा जोड दिए ।
सम्मेलनमा सभापति देउवाले सत्ता सबैलाई आवश्यक रहेको र सत्ताको लागि मारामार गरी प्रतिस्पर्धा हुने गरेकाले नेता कार्यकर्तालाई जनतामा गएर संगठन बनाएर एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो