प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशसँग बागमती प्रदेश स्तब्ध भएको छ।बागमतीले दिएको १ सय ९९ रनको लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।
गण्डकीका करण पंगेनीले ९८ बलमा ६ चौका र ३ छक्का हान्दै ७९ रनको महत्त्वपूर्ण योगदान दिए। ईश्वर क्षत्रीले ३६ र मुस्कान थापाले २७ रन थपे। समिर कँडेलले १९ र कमल परियाले २० रन बनाए।
चार ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। बागमतीका लागि प्रतिश जिसीले २ विकेट लिए। रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले समा एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती ५ बल अगावै १ सय ९८ रनमा अलआउट भयो। ओपनर आशुतोष घिमिरे ४४ रनमा कमल परियारको बलमा एलबीडब्लु धरापमा परे। उनले ६९ बलमा ५ चौका हाने।
इसान पाण्डे ४३ रनमा आउट भए। ६२ बलमा २ चौका र २ छक्का प्रहार गर्दा कमल कै बलमा क्याच आउट हुन पुगे। विपिन आचार्य ३८ रनमा रन आउट भए। ४७ बलमा १ चौका र १ छक्का हानेका अशोक पौडेलले ३० रन थपे।
सूर्य तामाङ १५ रनमा बोल्ड आउट भए। गण्डकीका लागि कमल परियारले आफ्नो स्पेलमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए।
विपिन खत्रीले १० ओभरमा २ मेडन राख्दै २७ रन दिएर २ विकेट झारे। अमृत गुरुङले २ विकेट झारे। सन्दीप पराजुलीले एक विकेट आफ्नो नाममा गरे।
आजै भैरहवाको सिद्धार्थनगरमा भएको अर्को खेलमा विभागीय डर्बीमा त्रिभुुवन आर्मी क्ललबे एपीएफ क्लबलाई ४ विकेटले हराएको छ।
एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। त्यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले ३२.४ ओभरमा १ सय २१ रनमा अलआउट भयो।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने