काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको समाचार झुट्टो भएको दाबी गरेका छन्।
सोमबार कान्तिपुर दैनिकले ‘लामिछानेले ग्यालेक्सी छाड्दा उनको खातामा १ करोड ८० लाख जम्मा’ शीर्षकमा समाचार लेखेपछि यसबारे प्रष्ट पार्न भन्दै लामिछानेले पार्टी केन्द्रीय कार्यालय सामाखुसीमा सोमबार अपराह्न पत्रकार सम्मेलन गरेका हुन्।
उनले पत्रकार सम्मेलनमा भने ‘बैंक खातामा पैसा भएर लुकाएर लुक्ने कुरा होइन, खातामा चेक जम्मा भएको डिपोजिट भौचर देखाइपनि चेक फिर्ता भएको छ। उनले अगाडि भने ‘चेक कसले जम्मा गर्यो पनि मलाई थाहा छैन। तर, जम्मा भएको चेक बाउन्स गराएर फिर्ता भएको छ।’

यसबारे पूर्व बैंकर अनिल केशरी शाहले पनि चेक बाउन्स भएको भन्दै स्पष्ट पारेका छन्। उनले भनेका छन् “चेक जम्मा भएको देखिन्छ। तर, चेक जम्मा भएको स्लिप (भौचर) हुँदैमा पैसा खातामा गइसक्यो भन्ने हुँदैन। चेक क्लिरिएङ हाउसबाट पैसा अपर्याप्तको कारण देखाउँदै फिर्ता भएको छ।
शाहले ग्लोबल आईएमई बैंकले पनि अपर्याप्त पैसाका कारण चेक फिर्ता गएको भन्दै बैंकले स्पष्ट पारेको बताएका छन्।
लामिछानेले राति १० बजे समाचारका लागि भन्दै आफूलाई बारम्बार फोन आउने र विस्तृतमा बुझौं भन्दा पनि समय नदिएको गुनासो गरे। उनले भने “मेरो खातामा पैसा गयो कि गएन समाचार लेख्नु अगाडि एकपटक बैंकमा सोधेको भएपनि स्पस्ट भैहाल्थ्यो नी।’ उनी आफूले गल्ती गरेको प्रमाणित भए अझ कडा कानुन बनाएर भएपनि कारवाही गर्न आग्रह गरे।
उनले आफूलाई खेद्ने समयमा सञ्चारमाध्यमहरूले सहकारीपीडितको पक्षमा समाचार लेखे राम्रो हुने बताए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने