‘नेपाली फिल्ममा विदेशी स्वाद राख्दाराख्दै आफ्नो मौलिक स्वाद गुम्यो’

नेपाली सिनेमाको स्वाद: कस्तो छ? कस्तो हुनुपर्छ?

‘नेपाली फिल्ममा विदेशी स्वाद राख्दाराख्दै आफ्नो मौलिक स्वाद गुम्यो’

नेपाली फिल्म 'आइ लभ यू' भन्दा माथि उठेन

Cinema Sambad Sikles 1 (1)

चलचित्र पत्रकार संघ नेपाल, कास्कीले पर्यटकीय गाउँ सिक्लेसमा राखको सिनेमा संवाद एट सिक्लेल कार्यक्रमको अर्को सत्र हो ‘नेपाली सिनेमाको स्वाद: कस्तो छ? कस्तो हुनुपर्छ? ‘

यस शीर्षकमा रंगकर्मी अनुप बराल, निर्देशक मनोज पण्डित र अभिनेत्री दिया मास्केसँग पत्रकार सुरज सुवेदीले बहस गरे। फिल्म निर्माणको उद्देश्य मनोरञ्जन भए पनि आफूले कहिल्यै फिल्मलाई मनोरञ्जनका रूपमा नलिएको रंगकर्मी बरालले बताए।

‘सिनेमालाई कहिल्यै पनि मनोरञ्जनका रूपमा हेरिनँ, सिनेमा भनेको चेतना हो,’ उनले भने, ‘सिनेमाका विषयवस्तु फरक–फरक भए पनि कथा भन्ने तरिका एउटै भयो, यसो हुनुमा निर्माता, लेखक र निर्देशकको चेतनामा निर्भर गर्छ।’ बरालले सिनेमाको स्वाद जिब्रोले नभई मानिसको शरीरमा रहने पाँचै इन्द्रीयले अनुभव गर्ने उनले बताए।

निर्देशक मनोज पण्डितले सिनेमालाई बौद्धिक उत्पादनका रूपमा अझै पनि निर्माताहरूले नलिएको बताए। सिनेमा बनाउँदा संवेदनालाई मात्र ध्यान दिने प्रवृत्ति हाबी रहेको भन्दै उनले निर्माता, निर्देशक र लेखकबाट नेपाली सिनेमा खतरामा रहेको बताए।

‘सिनेमाका पात्रहरू स्वतन्त्र छैनन्, पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि गर्ने संघर्ष र परिस्थितिहरू सामना गर्न पाएका छैनन्,’ उनले भने, ‘पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि गर्ने संघर्ष थपियो भने मात्र सिनेमाको स्वाद बढ्छ।’

अभिनेत्री दिया मास्केले सिनेमा निर्माणदेखि प्रदर्शनसम्म आउँदा स्वाद फिक्का हुँदै जाने गरेको अनुभव सुनाइन्। सुटिङ गर्दागर्दै लागत बढ्नेदेखि अन्य कारणले फिल्म सोचे अनुसार निर्माण हुन नसकेको बताइन्।

‘फिल्म सुटिङमै बजेट बढ्दै जाँदा हतार हतारमा छिटो सिध्याउने ध्याउन्न निर्माता र निर्देशकमा देखिन्छ,’ उनले भनिन्, ‘जस्तोसुकै मौसममा पनि सुटिङ गर्ने र जसरी पनि छिटो सकाउन खोज्दा कथामा कल्पना गरिए जस्तो सिनेमा बन्दैन।’

नेपाली सिनेमाले आफ्नो स्वाद थाहै नपाएको भन्दै निर्देशक पण्डितले विदेशी फिल्मका विविध स्वाद राख्दाराख्दै आफ्नो मौलिक स्वाद गुमाएको बताए।

‘हामीलाई हाम्रो फिल्मको स्वाद थाहै छैन, संसारका फिल्ममा रहेका स्वादका अंश ल्याउँदा ल्याउँदा कस्तो बन्यो थाहै हुँदैन,’ उनले भने, ‘हाम्रो वरिपरि बाच्न सक्ने पात्र फिल्ममा देखिँदैन।’

अधिकांश नेपाली फिल्मका मुख्य पात्रको उद्देश्य नै महिला फकाउने देखिएको पण्डितले बताए। जबकि, महिलाले पुरूषलाई र पुरूषले महिलालाई प्रेम गर्नु, आफ्नो पक्षमा पार्न प्रभावित गर्न खोज्नु सामान्य भइसकेको उनको भनाइ छ।

फिल्ममा महिला र पुरूषबीच प्रेमका लागि एउटा पक्ष धनी र अर्को पक्ष गरिबजस्ता सामान्य कुराहरूमा मात्र सिनेमाका कथा घुम्ने गरेको उनले बताए।

‘सिनेमाका पात्रहरू प्रेमभन्दा माथि उठ्न सकेन, पात्रका जीवनमा अरू नै उद्देश्य र संघर्ष हुन सक्छ,’ उनले भने, ‘सिनेमाका पात्रले प्रेम बाहेक अरू पनि उद्देश्य लिन सक्छन्, त्यो उद्देश्य प्राप्तिका लागि गर्ने संघर्ष र परिस्थिति फरक हुन सक्छ।’

नेपाली सिनेमाको स्वाद: कस्तो छ? कस्तो हुनुपर्छ?

वक्ता:
अनुप बराल, निर्देशक, कलाकार ।
दीया मास्के, कलाकार ।
मनोज पण्डित, निर्देशक ।
सहजकर्ता : सुरज सुवेदी, पत्रकार ।
…………………

सुरज सुवेदी: सिनेमाको स्वाद केकेबाट आउँछ ?

अनुप बरालः सिनेमालाई कहिले पनि मनोरञ्जनको रुपमा हेरिनँ । सिनेमा चेतना हो । प्रविधिमा धेरै परिवर्तन आइसक्यो । आर्थिक, राजनीति, सामाजिक क्षेत्रले पनि महत्व राख्छ । ६२ वटा कला मिश्रण छ, फिल्ममा । सिनेमा आफैमा साहित्य हो । सिनेमा जसरी फड्को मार्नु पर्ने हो, त्यसभन्दा हामी पछाडि छौं ।

सुरज सुवेदीः हामीले छान्न पाउँछौ । पहिला दिइन्थ्यो, अहिले छान्न पाउँछौ । पहिले कस्तो थियो, अहिले कस्तो छ ?

मनोज पण्डितः केरामा चिप्लिने कथामा नेपाली फिल्म चल्छ । हाम्रो सिनेमा समाज केराको बोक्रासँग गाँसिएको छ । स्वादको कुरा गर्दा, खानाको सम्बन्ध हाम्रो इन्द्रियसँग सम्बन्ध राख्छ, सिनेमाले दर्शकसँग सम्बन्ध राख्छ । सिनमा बौद्धिक उत्पादन हो । तर, यसको एक मान्यता मनोरञ्जन दिनु हो । हाम्रो स्वादको प्रोडक्सन, इन्टेलेक्चुयटी, इमोस्नालिटी, र्‍यास्नालिटीलाई केन्द्रित गर्छ ।

सिनेमालाई बौद्धिकताले हेर्न थाल्यो भने समाजमा न्याय नपाएका मान्छे, समाजले एकले अर्कोलाई दबाएका छन् भन्ने लागेपछि समाज जसरी बाँचिरहेको छ, त्यसरी सिनेमा आउने हो । २०६२, ६३ को आन्दोलनपछि नेपाली सिनेमाले बौद्धिकतामा फड्को मारेको हो । पछि हरायो । नेपाली सिनेमाका स्वाद अहिले पछिल्लो समय बिलिनो भाको छ । हस्पिटलमा खाने खानाको स्वाद जस्तो भाको छ ।

सुरज सुवेदीः सिनेमा बन्नुभन्दा अगाडि र बनिसकेपछिको स्वाद कस्तो लाग्छ ?

दीया मास्केः यत्तिकै सिनमा गर्छु भनेर नआएको कलाकार परें । तालिम लिनुपर्छ भनेर आएको हुनाले अलि गहिरो लाग्छ । कागबेनीमात्र नभई दलन गर्ने बेलादेखि नै अडिसन दिँदा सिकाउने मान्छेहरुले जसरी ब्रिफिङ गर्नुहुन्थ्यो, त्यसको स्वाद भिजुअल्ली बताउनुभाको थियो, मैले त्यो भन्दा राम्रो पाएँ ।

सुरज सुवेदीः केही कुरा पकाउँदा सामानको पनि महत्व हुन्छ, पकाउने सिप पनि हुन्छ । त्यस्तै नेपाली फिल्म पकाउँदा (बनाउँदा) के भइराको छ ?

मनोज पण्डितः कुकको लागि खाना नै सिनेमा हो । नेपाली समाजको नेपाली सिनेमा, म आफै ब्राह्मण समाजबाट आएको हुँ । भाग्यवादी, ब्राह्मवादी सिद्धान्तमा आधारित छ । पात्रको हरेक कुरा, समाजको हरेक कुरा लेखन र निर्देशनले सिमित प्रविधि र ज्ञानमा रहेर गर्ने हो । पात्रहरु निर्देशक र लेखकको दास हुन्छन् । पात्रले भने जस्तो गर्न पाउँदैनन् । पात्रले संघर्ष गर्दैन । सोच्ने लेखन र निर्देशनले सोच्ने हो भन्ने छ । मान्छेले आफ्नो भविष्य आफै बनाउँछ भन्ने अस्तित्ववादबाट अघि बढ्यो भने पात्रले अपत्यारिलो सफलता हासिल गर्न सक्छ । यहाँ लेखन र निर्देशनले मात्र संघर्ष गर्छन् । पात्रलाई इन्डिपेन्डेन्ट बनाउन सक्नुपर्छ । सिक्लेसमा बस्ने पात्रले कसरी संघर्ष गर्नुपर्छ भन्ने देखाउनु पर्छ । साउथ इन्डियनका फिल्म आज सफल छन् ।

सुरज सुवेदीः चरित्रले किन त्यस्तो स्वाद नबोकेको ?

अनुप बरालः फिल्म भन्ने एक शैली हो भन्ने चिज नै गायव छ । छरिएर बसेको छ, त्यसलाई एक ठाउँमा ल्याउन सकेका छैनौं ।

सुरज सुवेदीः कुन कुन तहमा सम्झौता हुन्छ ?

दीया मास्केः सुटिङमा असुविधाले कम समयमा सकाउनुपर्नेमा झन् बढ्यो । मैले दलन र बसाइँकै उदाहरण दिन्छु । मेकिङका हिसाबले कर्पोपाइज भयो । राम्रो बन्यो, तर कप्रोमाइज नभाको भए झन् राम्रो हुन्थ्यो होला ।

सुरज सुवेदीः प्राविधिक कुराको लोड नेपाली फिल्ममा कस्तो छ ?

अनुप बरालः एकताका अलि लोड भयो । मैले फिल्म बनाउँदिन पनि भन्ने लाग्यो । जुन उत्साहले सिनेमा बनाउँछु भन्ने सोचेको थिएँ, पछि हातबाट फुत्किदै गयो । चंगा चुँडे झै भयो । आर्थिक कारण, भूकम्प तथा दैवीप्रकोप लगायत मुख्य कारण भयो । पैसा, साधनमात्र ठुलो कुरा भन्छौं, तपाई कसरी कोअर्डिनेट गर्नुहुन्छ ? त्यसमा भर पर्छ ।

सुरज सुवेदीः नेपाली फिल्म बिलिनो कसरी भन्नुभाको ? निर्देशकले नै नून मिलाएर हाल्न नजानेको हो ? नून चर्को भएर पानी खन्याएको हो कि ?

मनोज पण्डितः फिल्ममा नूनमात्र हैन, मसला नि हुँदैन । यति धेरै स्वाद संसारमा आए, सबै ल्याउँदा कस्तो स्वाद बनेको हो ? थाहै छैन । फिल्मको स्वाद हस्पिटलको खानाको स्वादसँग दाँज्नुपर्ने अवस्था कसरी आयो भने सिनेमाको स्वाद त्यो पात्रको सेटिङसँग हुन्छ, पात्रले भोग्नुपरेको अवस्थाबाट हुन्छ । नेपाली अधिंकाश फिल्मले चाहेको कुरा भनेको महिलाले पुरुष चाह्यो, पुरुषले महिला चाह्यो ।

पात्रले चाहेको कुरा, धनी वा गरिबको छोराछोरीमात्र हो । नेपाली फिल्म आइ लव युभन्दा माथि उठेन । त्यसभन्दा माथि उठेर आई एम हुमन भन्ने कहिले आउँछ ? संसार अचम्म लाग्दो छ । संसार योमात्र होइन, पात्रले मेटाफिजिकल रुपमा चुनौती गरेको खै त ? संसारमा धेरै स्वाद आइसके, हामी अझै राउटेकै अवस्थामा छौं । नेपाली सिनेमाको स्वादमा एउटा कुरा थपौ, त्यो हो आशा । यो आशा भन्ने मसला दिन सक्यो भने असफल देशको नागरिक होइन, सफलताको स्वाद चखाउन सक्यौ भने नेपाली फिल्मको विकास हुनेछ ।

महान् दार्शनिक अरिस्टोलले पोयटिक्सले थ्रि स्टक्चर नेपाली सिनेमाले बिस्तारै अपनाउँदै आए पनि तत्काल परिवर्तन आउला भन्ने छैन ।मानिसले अचेल फर्मुला फिल्म बनाइराखेको छ । उत्कृष्ट भाको स्क्रिप्ट कसैले दिन्छ भने ।

फिल्म बिगार्ने निर्माता, निर्देशक र लेखक हुन् । फिल्म बिगार्ने सबैभन्दा बढी निर्माताले सही कलाकार छान्दैन । आफ्ना मान्छे छान्छ । केही निर्माताले राम्रो बनाउने प्रयास गरेका हुन्, तर सबैभन्दा बढी फिल्म बिगार्ने निर्माता हुन् । कथा संरचना हो । फिल्ममा वान लाइनर लेख्न गाह्रो हो । को दक्ष मानिस हो, कुन स्टोरीलाई कस्तो मान्छे चाहिन्छ भन्ने नजान्दा समस्या हो । निर्माता, निर्देशक र लेखकले आफ्नो इगो हाल्दा फिल्म बिर्गेका हुन् । इगो भन्ने मसला कम भए, पात्रको मसला बढी भए कसैले पनि हल्लाउन सक्दैन ।

सुरज सुवेदीः नेपाली सिनेमाको स्वाद कस्तो हुनुपर्छ ?

मनोज पण्डितः कहिलेकाही हामी बाँच्नका लागि बनाउँछौं । हाम्रो बाँच्ने प्रणालीमा दर्शकलाई मनोरञ्जनको आवश्यकता छ भनेर बनाउँछौ । सिनेमा अन्धकार पनि बनायो पनि नभन्नू, सिनेमाले रातारात परिवर्तन गरिसक्यो पनि नभन्नू । सिनेमाको दृश्यले केही फरक पारेको छैन । पार्दैन । सोच्नु पनि गलत हो । मानिस कुरुप प्राणी हो । मानिसभित्र कुरुप छ । सिनेमाले त्यही कुरुप देखाउने हो । भोलि समाजमा झन् लड्नुपर्छ । नेपाली सिनेमा भोलि खत्रा प्रश्न ल्याउनेवाला छ ।

अनुप बरालः फिल्म इन्द्रियले महसुस गर्ने हो । बलात्कारको दृश्य आयो भने, त्यस्तो गर्न हुँदैन भनी मानिसलाई महसुस गराउने हो । समाजकै पात्र हौं हामी पनि । यहीको कथा बनाउने हो । सिनेमाले सिकाउने भन्दा पनि महसुस गराउने हो ।

मनोज पण्डितः यदि कुनै निर्देशक वा लेखकले बलात्कारीलाई निस्फ्रिकी छोड्यो भने गलत हो । त्यसलाई कारबाही भएको देखाउनुपर्छ ।

दीया मास्केः हाम्रो फिल्म धेरैसम्म हिन्दी फिल्मको फोटोकपी हो । ६० वर्ष लामो नेपाली फिल्मको इतिहासमा पनि यो हुनु गलत हो । सिनेमाले देखाउने स्टोरीको कुरा गर्नुपर्छ ।

सम्बन्धित समाचारः

सरकार र सिनेमा: हिजो, आज र भोलि
‘चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालयमा हरायो’ – भुवन केसी
‘बोर्डलाई स्वायत्त बनाउन सक्ने अरु आउँछन् भने छाडिदिन्छु’

सिनेमा संवाद @सिक्लेस
सिक्लेसमा सिनेमा संवाद टोलीलाई भव्य आतिथ्यता
ठूलो पर्दामा गाउँ समेटिनेमा सिक्लेसबासी आशावादी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ