पोखरा । जिसस कास्कीले बिजयपुल खोला, कसेरीमा निर्माणाधीन पुलको अनुगमन गरेको छ।
प्रमुख लिलाधर पौडेल नेतृत्वमा काहुखोला–बिजयपुल–काफलघारी सडक अन्तर्गत पोखरा महानगरपालिका वडा न १३ र २८ जोड्ने बिजयपुल खोला, कसेरीमा निर्माणाधीन पुलको अनुगमन सम्पन्न भएको हो ।
उप प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, सदस्य राजु अधिकारी, हर्क बहादुर गुरुङ, सडक डिभिजन कार्यालयका प्रमुख नवराज बास्तोला सहित प्राविधिक इन्जिनियर सम्मिलित अनुगमन टोलिले आयोजनाको निर्माण प्रक्रिया सहित अन्य प्राविधिक पक्षको जानकारी लिएको थियो।
सो अवसरमा प्रमुख लिलाधर पौडेलले हालसम्मको कार्य प्रगति सन्तोसजनक पाइएको बताउदै अबको बाँकी कार्यमा गुणस्तरमा ध्यान दिदै समयमै निर्माण सम्पन्न निर्माण ब्यवसायी र प्राविधिक सहित स्थानिय सरोकारवालाहरूलाई आग्रह गरे।
वि सं. २०७२ सालमा निर्माण कार्य सुरुभएको सो पुलको निर्माण कम्पनीको लापरबाहीका कारण उक्त कम्पनी सँगको सम्झौता रद्ध गरी नयाँ सम्झौता अनुसार निर्माण कार्य अगाडि बढेको बताइएको छ ।
हाल धनथान भिमज्योति कन्स्ट्रक्सन भरतपुरले निर्माण गरिरहेको सो पूल २०८० असारमा सम्झौता भएर २०८२ फागुन मसान्त भित्र करिब ७ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते