पोखरा । अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान हासिल गर्न सफल भयो । तेश्रो स्थान हुने मेरिगोल्डले नगद २५ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने शान्तवना हुने ज्ञान ज्योति विद्या कुञ्जले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापासंगै क्लबका पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए ।
अमरसिंह खेल मैदानमा आयोजित महोत्सव एघारौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य साथ रहेको छ । दर्शकको उपस्थिती संगै महोत्सवमा कारोवार समेत वढिरहेको छ । महोत्सवको एघारौ दिन आइतबार ज्योती मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । ज्योति मगर संगै महोत्सवमा जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।
महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी तर्फ जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुती रहने छ भने सांझको लाइभ कन्सर्ट तर्फ जीबबको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैविच महोत्सवको समापन समारोह दिनको १ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने भएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते