पोखरा । निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको हो ।
आयोजना उद्घाटन गर्दै प्रमुख आचार्यले आयोजना सञ्चालनमा आएसँगै उपभोक्ताहरूले खानेपानीको समस्या भोग्न नपर्ने बताए । आयोजनाले तत्कालका लागि १९८० घरधुरीलाई पानी उपलब्ध गराएको भए पनि छिट्टै ३२ सय बढी घरमा धारा जोडिने उनले बताए । “खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको छ, प्रमुख आचार्यले भने, नगरवासीलाई सुद्ध खानेपानी उपलब्ध गराउने कार्यमा पोखरा महानगरपालिका प्रतिबद्ध छ ।” चालु योजनाहरू समयमा नै सम्पन्न गर्ने र आवश्यक परेका स्थानहरूमा थप योजनाहरू सञ्चालनका लागि महानगरले विशेष पहल गरिरहेको उनले बताए ।
हाल महानगरको डाटा कलेक्सनको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख आचार्यले प्राप्त डाटाहरू विश्लेषण पश्चात् गरिबिको रेखामुनि रहेको नागरिकहरूलाई प्रतिपरिवार १० हजार लिटरका दरले निःशुल्क खानेपानी उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गरे । उनीहरूलाई खानेपानीसँगै निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिने योजनामा आफूहरू रहेको उनले बताए । “हामी गरिबीको रेखामुनि रहेको परिवारलाई प्रति परिवार मासिक १० हजार लिटरका दरले खानेपानी र उनीहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिन्छौँ ।” प्रमुख आचार्यले भने ।
आयोजनाको कुल लागत रु.३४ करोड ९१ लाख ७२ हजार २ सय रहेको उपभोक्ता समितिका अध्यक्ष केशर प्रसाद निर्दोषीले जानकारी दिए । उनका अनुसार उक्त रकमको ५ प्रतिशत जनसहभागिता, २५ प्रतिशत नगर विकास कोषबाट ऋण सहायता र ८५ प्रतिशत नेपाल सरकारले बेहोरेको छ । आयोजना अन्तरगत ३२ सय धारा मध्ये १९८० धाराहरू जडान गरिएका छन् । कलेक्टर वेल २ वटा, सम्पवेल २ वटा, स्लो सेन्ड फिल्टर ४ वटा, रफिङ फिल्टर ६ वटा, क्लियर वाटर ट्याङ्क १ वटा, आर.भि.टि ४ वटा, सेड हाउस ७ वटा निर्माण गरिएको छ भने, ट्रान्समिसन लाइन १० कि.मि र वितरण लाइन १८ कि.मि विस्तार गरिएको छ ।
खानेपानी आयोजनालाई प्रविधिमैत्री बनाउनका लागि सक्दा (SKADA) सिस्टम जडान कार्य अन्तिम चरणमा पुगेको र त्यसका माध्यमबाट पानीको भल्व खोल्ने बन्द गर्ने कार्य हुनेछ । सक्दा (SKADA) सिस्टम जडान कार्यका लागि थप रु.१ करोड ५७ लाख ४० हजार थप खर्च हुनेछ । आयोजनाको सरसफाइ तर्फ ७ वटा क्रियापुत्री भवन निर्माण गरिएको छ भने, २ वटा सार्वजनिक शौचालय निर्माण गरिएको आयोजनाका उपाध्यक्ष मुक्तिनाथ पौडेलले जानकारी दिए । उनका अनुसार हाल बिहान ५ र साँझ ५ गरी दैनिक १० घण्टा पानी उपभोक्ताकामा जाने गरेको छ ।
समितिको हालै सम्पन्न पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः निर्दोषीको अध्यक्षतामा नयाँ उपभोक्ता समिति गठन गरेको छ । उपभोक्ताहरूलाई निरन्तर स्वच्छ खानेपानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको अध्यक्ष निर्दोर्षीले प्रतिबद्धता जाहेर गरेका छन् । हाल प्रति महिना ६ युनिट पानीको महसुल २५० तोकिएकामा आयोजनाको ऋण चुक्ता पश्चात् उपभोक्ताहरूलाई सहुलियत मूल्यमा पानी वितरण गरिने उनले बताए । आयोजनाले पोखरा महानगरपालिका वडा नं.१७, २१ र ३३ का विभिन्न वस्तिहरूमा पानी वितरण गरेको छ ।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी