पोखरा । २३ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० को उद्घाटन खेल आयोजक सहारा क्लव र थ्री स्टार क्लबबीच खेल हुने भएको छ ।
यही माघ ९ गते हुने उद्घाटन खेलमा समुह एकका सहारा र थ्री स्टार दुबै क्लव बिच पोखरा रंगशालामा उद्घाटन खेल हुने तयारी गरिएको क्लकले जनाएको छ ।
साथै, क्लबले शुक्रबार खेल तालिका सार्वजनिक गर्दै पाहुना टोली भारतको दिल्ली एफ.सी. टिम नआउने त्यसको स्थानमा शसस्त्र प्रहरी वलको एपिएफ सहभागि हुने क्लवले जनाएको छ ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार यही माघ १० गते समुह बीको त्रिभुवन आर्मी फुटबल क्लब र राइजिंग स्टार फुटबल क्लब बिच खेल हुने भएको छ ।
माघ ११ गते समुह एका मछिन्द्र क्लब र जावलाखेल युथ क्लब, समुह बी बाट माघ १२ गते नेपाल ए पी फ फुटबल क्लब र नेपाल पुलिस क्लब बिच खेल हुने भएको पोखराक्लिकलाई क्लवले जनाएको छ ।
त्यसैगरी, क्वाटर फाइनलमा माघ १३ गते समुह एको पारो फुटबल क्लब भुटान र ९ गतेको बिजेतासंग खेल हुने भएको छ । माघ १४ गते समुह बीको संकटा क्लब र १० गतेको बिजेतासंग भिड्ने भएको छ भने माघ १५ गते समुह एको मनाङ मर्सायाङदी क्लब र ११ गतेको बिजेता बिच खेल हुने भएको छ ।
त्यस्तै, माघ १६ गते समुह बीको चर्ज व्वाईज युनाइटेड फुटबल क्लब र १२ गतेको बिजेता बिच पहिलो सेमी फाइनल खेल हुने भएको छ भने माघ १७ गते समुह एमा १३ गते को विजेता र १५ गतेको विजेता बिच दोस्रो सेमिफाइनल खेल हुने भएको हो ।
फाइनल खेल भने माघ २० गते हुने भएको छ ।

सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदमः मन्त्रीथापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते