पुरुषतर्फको उपाधिका लागि गण्डकी र हेल्प नेपाल भिड्ने

टाइगर कप भलिबल:

पुरुषतर्फको उपाधिका लागि गण्डकी र हेल्प नेपाल भिड्ने

भाग्यशाली दर्शकलाई सामसुङ मोबाइल

gandaki_vs_help

पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) महिला र पुरुषतर्फको फाइनल खेल हुँदै छ ।

पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन/तीन जना विदेशी खेलाडी रहेका छन् ।

शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो ।

यस्तै, शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो ।

पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ ।

महिलातर्फ एपिएफ र न्यू डायमण्ड फाइनल खेल्दैछन् । महिलातर्फको फाइनल खेल बिहान ११ बजे पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ ।

यस्तै, फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ