पोखरा । हुक्का मेरो, छैन मैले तिम्रो, कहाँ होला घरबार, यानिमाया जस्ता बहुचर्चित गीतहरू प्रस्तुत गरिसकेको कर्मा ब्यान्डको व्यवस्थापकीय जिम्मेवारी अल्फा स्क्वायर कम्पनीले लिएको छ ।
आदि ग्रुप अन्तर्गत गीत सङ्गीतको क्षेत्रमा क्रियाशील गायक गायिका तथा ब्यान्डहरूको जिम्मेवारी लिँदै आएको अल्फा स्क्वायरले कर्मा ब्यान्डको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ । यस अघि कन्दरा ब्यान्डको जिम्मेवारी लिईकन्दराको पुर्नआगमनको सिलसिलामा ‘बिचरा म’ गीत र पुस २७ गते पोखराको सबैभन्दा बृहत् कन्सर्ट आयोजना गरेको अल्फा स्क्वायरले कर्मा ब्यान्डको व्यवस्थापनको अभिभारा लिएको हो ।
कर्मा व्यान्डका गायक सुरेन्द्रमान सिंहले भने, ‘हामी यो सहकार्यलाई प्रगतिशील मान्छौँ किनकी गायक र वाद्यवादकको कामसिर्जना गर्नु हो र सम्वद्र्धनको काम व्यवस्थापन गर्ने टोलीले नै लिएको राम्रो हो । यसले कर्मा व्यान्डको दुईवटै पक्ष सिर्जना र व्यवस्थापनलाई टेवा पुग्नेछ । ’
आदि ग्रुपका अध्यक्ष तथा अल्फा स्क्वायरका प्रणेता आशिष पराजुलीले भने, ‘नेपाली परिप्रेक्ष्यमा कुनै गायक गायिका वा ब्यान्डको व्यवस्थापन नै गर्न एउटा छुट्टै टोली खडा गरिनु उति प्रचलित प्रयोग नभए पनि अन्तर्राष्ट्रिय परिवेशमा यो अत्यावश्यक मानिएको छ ।’ पराजुलीले थपे, हामीले हालै कन्दरा व्यान्डको व्यवस्थापन गरी म्युजिक भिडियो र कन्सर्ट नै ग¥यौँ जसले व्यवस्थापन गर्नुपर्ने अपरिहर्य तथ्यलाई उजागर गरिदिएको छ । अब कर्मा ब्यान्डको पनि जिम्मेवारी लिई हामी नयाँ एल्बम, नयाँ म्युजिक भिडियोहरू र कार्यक्रम प्रस्तुतिको व्यवस्थापनमा पनि दत्त चित्त भइ लाग्नेछौँ ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो