पोखरामा आफ्नै स्कूल बसको ठक्करबाट नर्सरीमा पढ्ने बालकको ज्यान गयो

दुर्घटना

पोखरामा आफ्नै स्कूल बसको ठक्करबाट नर्सरीमा पढ्ने बालकको ज्यान गयो

school-bus

पोखरामा स्कुल बसको ठक्करबाट नर्सरीमा पढ्ने ३ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट काउलेका तेजबहादुर कार्कीको छोरा समिर कार्की रहेका छन् ।

शुक्रबार दिउँसो पौने ३ बजेतिर बसबाट झरेर घर जाने क्रममा सोही बसले बालकलाई ठक्कर दिएको थियो ।

पोखरा महानगरपालिका–२४ कास्कीकोट काउले स्थित ग १ क ४०८२ नम्बरको बालप्रतिभा बोर्डिङ स्कुलको बसले सोही विद्यालयको नर्सरीमा अध्ययनरत विद्यार्थी समिर कार्कीलाई ठक्कर दिँदा गम्भिर घाइते भएका थिए ।

बसको ठक्करबाट गम्भिर घाइते भएका बालकको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनापछि प्रहरीले स्कुल बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds