पोखरा । पोखरा -१५ को बृहत् खेलकुद महोत्सव धुमधामका साथ सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं -१५ ले आयोजना गरेको वडास्तरिय दोस्रो बृहत् खेलकुद महोत्सव शुक्रवार सम्पन्न भएको हो।
शुक्रवार सम्पन्न क्लब तथा टोल स्तरीय फुटबल खेलमा श्री -१५ (फलेपाटन) ले गलेश्वर टोललाई ३-० ले पराजित गर्यो। गत वर्ष क्वाटर फाइनलमा गलेश्वरलाई पेनाल्टीमा हराएको श्री -१५ ले यस वर्ष फाइनलमा गलेश्वर विरुद्ध ३-० को फराकिलो जित निकालेको हो।
आजको टोल तथा क्लब स्तरीय फुटबलको फाइनल खेलसँगै पोखरा -१५ ले विभिन्न ९ विधामा आयोजना गरेको खेलकुद महोत्सव सम्पन्न भएको छ। जितसँगै विजेता श्री १५ ले नगद ३० हजार को साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने, उपविजेता गलेश्वरले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ।

समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मंजुदेवी गुरुङले वडा नं -१५ ले आयोजना गरेको दोस्रो संस्करणको बृहत् खेलकुद महोत्सव पूर्ण रूपमा सफल भएको बताइन्। आगामी वर्षमा पनि यस किसिमको महत्त्वपूर्ण अवसरलाई निरन्तरता दिन आग्रह गर्दै वडाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिइन्। खेलकुद युवाहरूका लागि मात्र नभएर खेल सबैका लागि आवश्यक रहेको बताउँदै उनले खेलले शारीरिक र मानसिक विकास गर्ने बताइन्। मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहे मात्र विचार र आचरण पनि स्वस्थ हुने भन्दै ‘जुन पालिकामा जुन देशमा स्वस्थ जनशक्ति हुन्छ त्यो ठाउँको विकासले पनि गति लिन्छ’ गुरुङले भनिन्।

कार्यक्रमका अतिथि तथा पोखरा १४ का वडाध्यक्ष बोध बहादुर कार्कीले विजयी खेलाडी टिमलाई बधाई दिए। उनले वडाहरू बिच हातेमालो गर्दै सहकार्य गरेर अगाडि बढ्नुपर्ने भन्दै वडा नं -१५ ले आयोजना गरेको खेल महोत्सवको सिको गर्दै आफ्नो वडामा पनि यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने बताए।

खेल महोत्सवका संयोजक आशिष भण्डारीले सम्पूर्ण वडावासी, खेलाडी तथा शुभेक्छुकहरूको सहयोगका कारण चार दिनसम्म भएको खेल महोत्सव सफलता पूर्वक सम्पन्न भएको बताए। उनले यस वर्ष भएका कमीकमजोरीहरू बाट पाठ सिक्दै आगामी वर्ष अझ तयारीका साथ खेल महोत्सवलाई निरन्तरता दिइने बताए।

यस्तै कार्यक्रमका सभाध्यक्ष तथा १५ नं वडाका वडाध्यक्ष तोरण बानियाँले खेलकुद कार्यक्रमले वडावासीमा आपसी सद्भाव कायम राख्नुका साथै मित्रता बढेको बताए। उनले गत वर्ष खेलकुद महोत्सवमा सहभागी टिमबाट छनौट गरेका खेलाडीले महानगरस्तरीय मेयर कपमा उपविजेता, महिला भलिबलमा तेस्रो र ब्याडमिन्टनमा पुरुषतर्फ दोस्रो र महिलातर्फ तेस्रो बनेको भन्दै यस किसिमको खेल आयोजनाले समग्र वडालाई बलियो टिमको रूपमा चिनाएको बताए।

खेल महोत्सवको समापन कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थित रहेको थियो। उनीहरुले विजेतालाई नगद, मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा जनशक्ति टोलका महिला दिदी बहिनीहरूले नाच प्रस्तुत गरेका थिए।
चार दिनसम्म चलेको खेल महोत्सवमा टोल, क्लब तथा विद्यालय स्तरिय फुटबल, महिला -पुरूष भलिबल, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिचको बास्केटबल, महिला-पुरूष ब्याडमिन्टन, महिला-पुरूष सडक दौड, आमा समुहहरूको रस्साकस्सी लगायतका प्रतियोगिता भएका थिए।
कार्यपालिका सदस्य मन्दिरा परियारले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य बलराम पौडेलले स्वागत मन्तव्य राखेका थिए।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो