पोखरा । नवौं राष्ट्रिय योग दिवश २०८० को अवसरमा पोखरामा एक दिवसीय योग साधना सम्पन्न गरिएको छ । पातञ्जल योग समिति नेपाल, कास्कीले प्रदेश समिति तथा पोखरा नगर समितिको समन्वयमा सो योग साधना आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योग स्वस्थ रहनका लागि अति आवश्यक भएको बताए । उनले सबैले योग गर्नुपर्ने बताउँदै हरेक दिन बिहान ५ देखि ७ वजेसम्मको समय योगका लागि उपयोगि हुने बताए । यो समयमा योग गर्न उपयुक्त भएकोले समय मिल्दैन भनेर बहाना गर्न उचित नहुने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले योग सबैका लागि आवश्यक भएको बताइन् । उनले यसको महत्वलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने र शिक्षाको रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपाने, गण्डकी प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङ, गण्डकी मेडिकल कलेजका सिइओ डा.रवीन्द्रप्रसाद श्रेष्ठ, लायन्स क्लव्स ३२५ आई का भिडिजी विनोद ढुंगाना लगायतको उपस्थिति थियो ।
पातञ्जल योग समितिका उपाध्यक्ष, गण्डकी इन्चार्ज कमला गुरुङ, कास्की तथा गण्डकी प्रदेश र नगर समितिका पदाधिकारीहरु र सयौं योग साधकहरूको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय योग प्रशिक्षक प्रेम शाहीले विशेष योगा प्रदर्शन गरेका थिए । समितिले वर्षभर गरेका कार्यहरुको प्रस्तुति देखाएको थियो ।
योग प्रशिक्षक कमला गुरुङले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रम पातञ्जल योग समिति कास्कीका अध्यक्ष रामबहादुर सुनारको अध्यक्षतामा भएको थियो । सञ्चालन सचिव मुक्ति पनेरूले गरेका थिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते