काठमाडौं । भक्तपुरमा एक महिला बक्सिङ खेलाडी मृत भेटिएकी छन्। मंगलबार साँझ ८ बजे भक्तपुरस्थित आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा नीता गोसाईं मृत भेटिएकी हुन्।
परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पारिवारिक स्रोतका अनुसार गोसाईंको आगामी फागुन २ गते विवाह हुँदै थियो । निताको मृत्युपछि भक्तपुर प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको जनाएको छ ।
पूर्व प्रेमीले दिएको तनावको कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निताको परिवारले ती युवकविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी पनि दिएका छन् ।
ती युवक पक्राउ पनि परेका छन् । कतिपयले ती युवक निताको साथी मात्र भएको बताएका छन् । कतिपयले दुईबीच विगतमा प्रेम सम्बन्ध रहेको बताएका छन् । विगतको सम्बन्धका विषयमा युवकले नितालाई यातना दिने गरेको जाहेरीमा दाबी गरिएको छ ।
निता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । २७ वर्षीया गोसाईं सशस्त्र प्रहरी बल(एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरू खेल्दै आएकी थिइन् ।
उनी नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् । निताको करियरको सबैभन्दा ठूलो उपलब्धि त्यही नै थियो । अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न बाँकी थियो ।
सम्बन्धित खबर
ल्वाङगाउँमा मेला जारी, बुधबारदेखि पुरुषतर्फको भलिबल सुरु
पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा
एबिसी कपमा हेटौडा र रुपन्देही ११ भिड्ने
केपी ओली कप क्रिकेटः गण्डकी हिरोज र हिमालयनको जित
पोखरामा राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुने
सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल हुने, विजेतालाई एक लाख रुपैयाँ
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर