पुलिसलाई हराउँदै न्यू डायमण्ड महिलातर्फ फाइनलमा

टाइगर कप राष्ट्रिय भलिबल:

पुलिसलाई हराउँदै न्यू डायमण्ड महिलातर्फ फाइनलमा

एपीएफसँग उपाधि भिडन्त

received_288225350897878

पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय भलिबलमा नेपाल पुलिसलाई सोझो सेटमा हराउँदै चन्द्रागिरी न्यू डायमण्ड महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा डायमण्डले ३-० सेटमा हराउँदै उपाधि नजिक पुगेको हो ।

जीतसँगै न्यू डायमन्डले फाइनलमा एपीएफसँग भेट पक्का गरेको हो ।

न्यू डायमण्डले २५-१९ अंकले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट २५-१८ मा पार्दा तेस्रो सेट २५-१८ अंकले आफ्नो पक्षमा पारेको हो ।

खेलको टाइगर अफ दि म्याच न्यू डायमण्डकै सलिना बुढामगर घोषित भइन् । सलिनाले उत्कृष्ट प्रदर्शनी गर्दै जीत दिलाएकी हुन् ।

यसअघि, आजै भएको पहिलो सेमिफाइनलमा विभागीय टीम एपीएफले नेपाल आर्मीलाई ३-२ सेटमा पराजित गरी फाइनलमा पुगिसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ