पोखरामा गाँजासहित एक युवक पक्राउ

पोखरामा गाँजासहित एक युवक पक्राउ

sisir kunwar

पोखरा । कास्की प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १३ गौंडाको मुखका २३ वर्षीय शिशिर कुँवर छन् ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ८ बजे गौंडाको मुखबाट कुँवरलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार बिकले जानकारी दिए । उनको साथबाट ६ सय ६४ ग्राम गाँजा बरामद भएको छ ।

पक्राउ परेका कुँवरबिरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ