पोखराबाट जीप चोरेर भाग्दै गरेका युवक पक्राउ

चोरी

पोखराबाट जीप चोरेर भाग्दै गरेका युवक पक्राउ

Govinda pariyar

पोखरामा जीप चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ खाल्टेमसिनाका २० वर्षका गोविन्द परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार गएराति साढे १ बजे पोखराको अमरसिंहचौरमा पार्किङ गरिराखेको ग २ च २३४३ नम्बरको बलेरो जीप चोरेर भाग्दै गरेको अवस्थामा परियारलाई पक्राउ गरिएको हो ।

जीप लिएर भाग्दै गरेको अवस्थामा पोखरा १४ को मसिनतरामा परियार भेटिएका थिए ।

जीप हराएको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले परियारलाई जीपसहित पक्राउ गरिएको डीएसपी विकले बताए ।

परियारविरुद्ध चोरी तथा डाँकासम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ