पोखरा । जिल्ला समन्वय समिति कास्कीको अनुगमन टोलीले पोखरा बागलुङ राजमार्ग अन्तर्गत फिर्के खोला माथि निर्माणाधीन पुलको काम २०८१ असार मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल नेतृत्वको अनुगमन टोलीले उक्त राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २, ४ र ५को सिमानामा पर्ने सो पुलको निर्माण असार मसान्तसम्म निर्माण सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको हो ।
पुलको निर्माण कार्यमा अत्यन्तै ढिलाइ भएको छ । पुल नबन्दा अत्यधिक दुर्घटनासमेत हुने गरेको जनगुनासो बढेपछि स्थलगत अनुगमन गरेर कामलाई तिब्ररूपमा गुणस्तरीय तवरले सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुख पौडेलले बताए ।
विकास समयमा गुणस्तरीय तवरले हुनुपर्यो जनताले कुनै गुनासो नगर्ने गरी आयोजनाका काम गर्नुस्, कुनै पनि बहानामा विकासमा ढिलासुस्ती गर्ने र जनतालाई दुख दिने काम कुनै हालतमा सह्य हुँदैन प्रमुख पौडेलको कथन थियो । पौडेलले विभागीय कार्यालयहरूले सञ्चालित आयोजनाहरूको मासिक कार्यप्रगति विवरण तयार गर्दै कठिनाइहरूको निराकरणमा घनिभुत तवरले लाग्न अनुरोध गरे ।
पोखरा महानगर वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांग, ४ का अध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष विष्णु बराल र जनप्रतिनिधि, जिल्ला समन्वय अधिकारी नवराज बराल, सरोकारवाला कार्यालय सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बास्तोला, इन्जिनियर र प्राविधिकसहित अनुगमनमा पुगेका पौडेलले कुनै एक पक्षमात्रै कमजोर तवरले लागेमा निर्धारित लक्ष्य पूरा नहुने भन्दै सबै निकाय जिम्मेवारीका साथ लागे मात्रै समृद्धि सम्भव हुने विचार राखे ।
जिल्ला समन्वय समिति कास्कीमा आफ्नो नेतृत्वको समिति आएपछि विकासमा हुने लापरबाही र जनताका गुनासा सुनेर समन्वय सहजीकरणका लागि गुनासो डेस्क राखिएको भन्दै पौडेलले कास्कीका विकास निर्माण र कार्यालयहरूको सेवा प्रवाहमा समेत कहिँ कतै कमजोरी भेटेमा तत्काल आफुहरूलाई खबर गर्न स्थानीय सरोकारवालाहरूसहित सम्पूर्ण कास्कीवासीलाई आग्रह समेत गरे ।
२०७५ सालमा सम्झौता भएर ३० महिनामा सक्नुपर्ने उक्त पुलको काम पटकपटक म्याद थप हुँदै पछिल्लोपटक २०८१ असार मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थप भएको बताइएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते