‘खजुरे ब्रो’ मा महेश, नीति र रेयरको प्रमुख अभिनय रहने

‘खजुरे ब्रो’ मा महेश, नीति र रेयरको प्रमुख अभिनय रहने

Khajure-Bro-Press-Meet

केही दिनदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ ।

सुरज सुनुवारले लेखन तथा निर्देशन गर्ने यस चलचित्रमा महेश त्रिपाठी,नीति शाह, रेयर राई, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।

काठमाडौँमा आयोजित घोषणा कार्यक्रममा निर्देशक सुनुवारले कमेडी जनरामा यो चलचित्र बन्ने बताए । यो चलचित्र छायाङ्कन केही दिन अगाडीदेखि सुरु भइसकेको छ ।

नवीन मानन्धर र सुरज सुनुवारले यो चलचित्र निर्माण गर्दैछन् । कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् भने सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । शिशिर बिसंखेले छायाङ्कन गरिरहेका छन् भने अनमोल गुरुङको सङ्गीत रहने छ ।

यसको छायाङ्कन इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा हुने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ