मुगु । मुगुमा १४ वर्षीया बालिका माथि सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका–५ कार्कीबाडाका ३० वर्षीय बसन्त बहादुर कार्की र कृषी विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्त रोकाया र १८ वर्ष मुनीका अरु तीन जना किशोरहरु रहेका छन् ।
उनीहरूलाई पुस २५ गते पक्राउ गरी जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
सामूहिक बलात्कारको घटनामा ९ जना संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ४ जना अझै फरार छन् । फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ। बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो।चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेको देखिएपछि उनीमाथि बलात्कार भएको घटना बाहिरिएको हो।
सोधपुछको क्रममा बालिकाले आफूमाथि पटकपटक बलात्कार भएको घटना प्रहरीलाई सुनाएकी थिइन्।
गत असोज १० गते बसन्त बहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर तान्दै आफ्नो कोठामा लगेका थिए। त्यहाँ बसन्त रोकाया र पदमबहादुर रोकायाले बालिकालाई बलात्कार गरेको पीडित जाहेरीमा उल्लेख छ।
पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको छ।
सम्बन्धित खबर
एमाले बिनाको नेपाल? नातिको पालामा पनि आश नगरे हुन्छ: प्रधानमन्त्री
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ ल्याइँदै
आजको मौसम पूर्वानुमान
नेपाल प्रहरीको आधिकारिक भनाई –‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण