आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

earthquake-dharahara

पोखरा । आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

वि.सं. १९९० साल माघ २ गते गएको भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ २०५५ साल माघ २ गतेदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको छ ।

विक्रम संवत १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो । उक्त भूकम्पमा परी ८ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए ।

यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६ सय ७० जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए । सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds