पोखरा । कास्कीमा पुस महिनामा मात्रै विभिन्न मुद्धामा अदालतबाट सजाय पाएर फरार रहेका ७७ जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले अदालतबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना पनि लिइएको छ ।
पक्राउ पर्नेमा चेक अनादारसम्बन्धी मुद्धामा ४४ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहारसम्बन्धी मुद्धामा ३ जना, जालसाझी मुद्धामा ३ जना, लागूऔषधसम्बन्धी मुद्धामा १३ जना, अभद्र व्यवहारसम्बन्धी मुद्धामा १ जना, झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्धामा १ जना, जुवातास मुद्धामा ३ जना, सार्वजनिक अपराधसम्बन्धी मुद्धामा १ जना, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्धामा २ जना पक्राउ परेका छन् ।
यसैगरी, ज्यान सम्बन्धी मुद्धामा १ जना, सवारी ज्यान मुद्धामा १ जना, गैर कानूनी कारोवारसम्बन्धी मुद्धामा १ जना, अपुतालि हक कायमसम्बन्धी मुद्धामा १ जना र लेनदेन (बिगो सम्बन्धी) मुद्धामा २ जना पक्राउ परेका छन् ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
खुकुरी प्रहार गरी भाउजुको हत्या, दाजु गम्भिर घाइते
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर