अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङको निधन

अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङको निधन

Norbu-Chhiring

पोखरा । अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको निधन भएको छ । ललितपुरको हात्तीवनस्थित निवासमा सोमबार बिहान उनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

पछिल्लो समय अशक्त रहेका छिरिङले कोभिडको लकडाउनपछि बाद्यवादन छाडेका थिए । उनले नारायण गोपालका गीतमा पनि संगीत संयोजन गरेका थिए ।

५१ सालदेखि एरेन्जरको काम थालेका उनले कुपण्डोलको सान स्टुडियोमा लामो समय काम गरे ।

छिरिङका श्रीमती र दुई छोरी छन् । एक छोरी क्यानडा र अर्की बेलायतमा छन् । दुवै छोरी नेपाल आएपछि बौद्ध पम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds